स्थापना दिवसको उपलक्ष्यमा रक्तदान

चरिकोट(दीस)ः दोलखा चेम्बर अफ कमर्सले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । सोमबार सदरमुकाम चरिकोटमा चेम्बरको आयोजनामा रक्तदान गरिएको हो ।
दोलखा चेम्बर अफ कमर्सको सातौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा २५ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोलखा चेम्बर अफ कमर्सले जनाएको छ । सोही कार्यक्रममा हालै दिवंगत हुनु भएका दोलखा चेम्बरका सदस्य विरबहादुर श्रेष्ठको परिवारलाई पाँचहजार रुपैयाँ सहयोग गरिएको थियो ।

Shares

Be the first to comment on "स्थापना दिवसको उपलक्ष्यमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*