डायलोसिस सेवा सुरु गर्न छलफल

चरिकोट(दीस)ः पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा डायलोसिस सेवा सञ्चालन गर्ने बारे छलफल भएको छ । सोमबार बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीहरु तथा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु र अस्पताल बीच सो सेवा सञ्चालन गर्ने बारे छलफल भएको हो ।
श्रावणको पहिलो साताबाट डयलोसिस सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छलफलमा सहभागी भीमेश्वर नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । सो छलफल कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर लगायतका जनप्रतिनिधिहरु, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको टोली, पशुपति चौलागाईं अस्पताल संचालक समिति, प्राविधिकहरु लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "डायलोसिस सेवा सुरु गर्न छलफल"

Leave a comment

Your email address will not be published.


*