प्रेस युनियनद्वारा धर्ना

चरिकोट(दीस)ः नेपाल प्रेस युनियन दोलखा शाखाले नेपाल पत्रकार महासंघ दोलखा शाखामा धर्ना दिएको छ । सक्रिय पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरेको भन्दै युनियनले सोमबार धर्ना दिएको हो ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले देशै भर विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरे अनुरुप दोलखामा पनि नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा धर्ना दिइएको नेपाल प्रेस युनियन दोलखा शाखाका अध्यक्ष सुजन काफ्लेले जानकारी दिनुभयो । अन्याय पूर्ण तरिकाले सक्रिय पत्रकारको सदस्यता खारेज गर्ने आफूहरु निकट गैह्र पत्रकारलाई सदस्यता दिने नेपाल पत्रकार महासंघको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने उहाँको भनाई थियो । यसै गरी धर्ना कार्यक्रममा सहभागी प्रेस युनियनका नेता श्यामप्रसाद खतिवडाले जिल्ला तथा प्रदेशले गरेको सिफारिसको बेवास्ता गर्दै चोरबाटोबाट सदस्यता दिने तथा क्रियाशिल पत्रकारहरुको सदस्यता समाप्त गर्ने निर्णय विरुद्ध प्रेस युनियन राष्ट्रब्यापी आन्दोलनमा लागेको बताउनु भएको थियो । धर्ना कार्यक्रममा जिल्ला अध्यक्ष काफ्ले, प्रेस युनियनका नेता खतिवडा, उपाध्यक्ष उपेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "प्रेस युनियनद्वारा धर्ना"

Leave a comment

Your email address will not be published.


*