चरिकोट (दीस) ः सालकको खपटा(आखेटोपहार) ओसारपसार गरेको मुद्धामा फरार रहेका एक पुरुषलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले शुक्रबार काठमाडौबाट पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ४४ वर्षीय टासी भनिने टसी तामाङ रहेका छन् । तामाङलाई गौरीशंकर संरक्षण क्षेत्रको सम्पर्क कार्यालय दोलखाले २०७० साल मंसिर १७ गते ५ वर्ष कैद र ६२ हजार रुपैया सजाय तोकेको हो । फैसालापछि तामाङ फरार हुदै आएका थिए । प्रहरीले उनको खोजी गर्दै आएको थियो । प्रहरीले मुद्वा फैसला भएको १० बर्षपछि तामाङलाई काठमाडौंको गोकर्णेश्वर ४ स्थित नाम्गेल बसपार्कबाट नियन्त्रण लिएको जनाएको छ । तामाङलाई आइतबार फैसला कार्यान्वयनको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा ल्याइएको छ ।
मुद्दा फैसलाको दश वर्षपछि पक्राउ
Posted By: दीक्षण दैनिक ११ असार २०८१, सोमबार १२:०५
२५ कार्तिक २०८१, आईतवार १४:२४
विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण
२५ कार्तिक २०८१, आईतवार १५:२२
Epaper 2081/07/25
२५ कार्तिक २०८१, आईतवार १५:०२
दोलखामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
२५ कार्तिक २०८१, आईतवार १४:३९
भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने
२५ कार्तिक २०८१, आईतवार १४:४३
निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने
२५ कार्तिक २०८१, आईतवार १४:४६
वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित
२५ कार्तिक २०८१, आईतवार १४:५२
बाबुको हत्या गरी फरार भएका छोरा १४ दिन पछि पक्राउ
२५ कार्तिक २०८१, आईतवार १४:३१
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा
२५ कार्तिक २०८१, आईतवार १४:२२
Be the first to comment on "मुद्दा फैसलाको दश वर्षपछि पक्राउ"