कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

चरिकोट (दीस) ः दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनु भएको छ । दुर्घटनामा परी घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ वर्षीय अंगत यादव , ट्रिपर चालकहरु सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर र धादिङका अन्दाजी ३५ वर्षीय सरोज श्रेष्ठ रहनु भएको कालिञ्चोक–६ का अध्यक्ष भरत पाण्डेले बताउनु भयो । उहाँका अनुसार आज बेलुकी करिब साँढे ५ बजे दुर्घटनामा भएको हो । घाइते भएका उहाँहरुलाई उपचारका लागि चरिकोट ल्याइदै छ । ट्रिपर दुर्घटना कालिञ्चोक गाउँपालिका–६ स्थित गोदोनमा भएको हो ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते"

Leave a comment

Your email address will not be published.


*