राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन

वाग्मती, ३० जेठः मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दासेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो । आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शिविर सञ्चालन हुनेछ । जिल्लाको थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राससलाई जानकारी दिनुभयो । आगलागी यसैबीच, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेस्याङतानको घरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट भएको छ । मकवानपुरगढी गाउँपालिका–३ धमिलेस्थित अध्यक्ष स्याङ्तानको काठको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा २५ मुरी धान, १५ मुरी कोदो, १० मुरी मकै, लत्ताकपडा, फर्निचरलगात सामान जलेका प्रहरीले जनाएको छ । –––

Shares

Be the first to comment on "राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन"

Leave a comment

Your email address will not be published.


*