युवा संघ नेपालको गौरीशंकर गाउँपालिकामा बन्यो नयाँ कमिटी

चरिकोट (दीस)ः एमाले निकट राष्ट्रिय युवा संघ नेपालको गौरीशंकर गाउँपालिकामा नयाँ कमिटी गठन भएको छ । सोमबार सिंगटीमा भएको दोस्रो अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी सर्वसम्मत रूपमा गठन भएको हो ।


राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा दोलखा ईन्चार्ज भुवन गुरूङको प्रमुख आतिथ्यता सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका सचिव स्यंम बहादुर खड्का,सचिवालय सदस्य जंग गुरूङ र राष्ट्रिय युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज बस्नेतले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "युवा संघ नेपालको गौरीशंकर गाउँपालिकामा बन्यो नयाँ कमिटी"

Leave a comment

Your email address will not be published.


*