चौंरी पालक कृषक समूहलाई ब्यवस्थित गोठ हस्तान्तरण

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ मा चौंरी पालक कृषक समूहलाई आवास तथा ब्यवस्थित गोठ हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएका गोठ हालै कृषक समुहलाई हस्तान्तरण गरिएको हो ।
टासीनाम चौंरी पालक कृषक समूहमा आवद्ध पशुपालकहरुलाई श्रीनाथको खर्कमा बागमती प्रदेश सरकारको पचास प्रतिशत लागत सझेदारीमा समूहको आवास तथा ब्यवथित गोठ निर्माण गरी हस्तान्तरण गरिएको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिनु भयो । साथै हिमाली भेगमा हुने खालको घाँसको विउ समेत खर्कमा छर्ने काम सम्पन्न भएको वडाध्यक्ष शेर्पाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "चौंरी पालक कृषक समूहलाई ब्यवस्थित गोठ हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*