स्थापना दिवसको अवसरमा १० जना सम्मानित

काठमाडौं(दीस) ः उज्यालो भविष्य संस्था दोलखाले १० औँ स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ। बुधबार राजधानी काठमाडौंमा संस्थाले एक समारोह गर्दै बार्षिक उत्सबको अवसरमा समाजमा बिभिन्न योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको हो  । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्री हित बहादुर तामाङले सम्मानित व्यक्तिहरुलाई सम्मान गर्नु भएको थियो । सम्मानित हुनेहरुमा बरिष्ठ पत्रकार चिरञ्जीवी मास्के, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दी पुरुष (एक सय दुई वर्ष) हरि बहादुर बस्नेत, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका प्रमुख मिना कार्की बस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामी रहनु भएको उज्यालो भविष्य संस्था दोलखाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद गङ्गा कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली काँग्रेसका नेता तारा बहादुर कोइराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "स्थापना दिवसको अवसरमा १० जना सम्मानित"

Leave a comment

Your email address will not be published.


*