गण्डकी, २१ जेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । चौहत्तऔँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उहाँले सो कुरा बताउनुभएको हो । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उहाँले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागेको बताउनुभयो । “नयाँ गन्तव्यस्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न सरकारले योजना बनाइरहेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधता आदि हाम्रा पर्यटकीय धरोहर हुन् ।” उहाँले राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आफ्नो समुदाय र देशमा नेपालको पर्यटनबारे प्रचारप्रसार गरिदिन आग्रह गर्नुभयो । ‘अतिथि देवो भवः’को आदर्श वाक्य उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालीहरु आतित्थ संस्कारका दृष्टिले विश्वभर चिनिएको बताउनुभयो । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै अग्लो शिखर सगरमाथालगायत अनेकौँ प्राकृतिक तथा सांस्कृतिक सम्पदा हेर्न विश्वभरका पर्यटक नेपाल आउने गरेको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले पर्यटकीय राजधानी पोखरा साहसिक पर्यटन गतिविधिमा पनि उत्तिकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले ध्यान, योग र आध्यात्मिक पर्यटनका माध्यमबाट पनि पोखराको थप विकास गर्न सकिने बताउनुभयो । अन्नपूर्ण दिवसका अवसरमा आइतबार नै विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए । विश्वमै पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ४१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा बर्सेनि अन्नपूर्ण दिवस मनाउने गरिन्छ । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रमसहित आज ७४औँ अन्नपूर्ण दिवस मनाइँदैछ । –––
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
Posted By: दीक्षण दैनिक २१ जेष्ठ २०८१, सोमबार १३:५६
२२ पुष २०८१, सोमबार ११:१०
बस सञ्चालन गर्न स्थानीयको माग
२२ पुष २०८१, सोमबार १२:२२
शैक्षिक प्रदर्शनी सम्पन्न
२२ पुष २०८१, सोमबार १४:०८
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२२ पुष २०८१, सोमबार १८:११
नक्कली प्रहरी परिचय पत्र र पोशाकको दुरुपयोग ठगी गर्ने दुई जना पक्राउ
२२ पुष २०८१, सोमबार २०:१९
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२२ पुष २०८१, सोमबार १८:१५
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
२२ पुष २०८१, सोमबार १०:०६
चिसोले जनजीवन प्रभावित
२२ पुष २०८१, सोमबार १४:१७
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
२२ पुष २०८१, सोमबार १४:५१
२०८१ पुस २२ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२२ पुष २०८१, सोमबार १८:१७
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
२२ पुष २०८१, सोमबार १०:०९
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
२२ पुष २०८१, सोमबार १०:११
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
२२ पुष २०८१, सोमबार १०:१४
‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर
२२ पुष २०८१, सोमबार १४:१९
Be the first to comment on "नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ"