मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा

चरिकोट (दीस) ः राष्ट्रियसभाको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सरकारले प्रस्तुत गरेको प्रस्ताब आइतबार बैठकले सर्वसहमतिले स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सांसदहरुले सभामा राखेको जिज्ञासाको जवाफ दिदै बदलिदो अवस्थालाई ख्याल गर्दै न्यू मिडियालाई समेत सम्बोधन गर्ने गरी विधेयक प्रस्तुत गरिएको बताउनुभयो । नयाँ विधेयक तयार गर्दा सरोकारवालासँग छलफल भएको, विज्ञ सदस्यको टोली नै बनाएर अध्ययन एवं छलफल गराइएको, बढीभन्दा बढी परिमार्जित गराइएको भए पनि थप समृद्ध बनाउन सांसदले महत्वपूर्ण सुझाव दिन उहाँले आग्रह गर्नु भयो ।। ‘मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभा छलफलपछि यो प्रस्ताब प्रतिनिधीसभामामा छलफल हुने छ । प्रतिनिधीसभाले यो विधेयक पारित गरेपछि हाल कायम रहेको प्रेस काउन्सिल नेपाल खारेज हुने छ । यस अघि पनि ‘मिडिया काउन्सिल विधेयक तत्कालिन सञ्चारमन्त्री गोकुुल बासकोटाले संसदमा प्रस्तुत गर्नु भएको थियो । सो विधेयक अघिल्लो संसद कार्यकाल सकिएपछि विधेयक निष्कृय भएको थियो ।

Shares

Be the first to comment on "मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा"

Leave a comment

Your email address will not be published.


*