काठमाडौँ, ८ जेठ : कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट आज पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताउनुभयो । पक्राउ परेपछि अध्यक्ष सिरोहियाले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले छानबीनका लागि सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेकामा आपत्ती जनाउनुभयो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।
कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहिया पक्राउ
Posted By: दीक्षण दैनिक ८ जेष्ठ २०८१, मंगलवार २०:३५
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहिया पक्राउ"