भीमेश्वर नगरपालिकाले थाल्यो नवनिर्मित सपिङ कम्प्लेक्स भवन भाडामा लगाउने प्रक्रिया

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिकाले वडा नम्बर ३ स्थित सातदोबाटो चोकमा रहेको नवनिर्मित सपिङ कम्प्लेक्स भवन संञ्चालनको लागि भाडा लगाउने प्रक्रिया थालनी गरेको छ । सोमबार नगरपालिकाले ३० दिने इबिडिङ ठेक्काको टेन्डर आवाह्नको सूचना निकाल्दै सो प्रक्रियाको थालनी गरेको हो । नगरले मासिक न्यूनतम ९ लाख १० हजार ७ सय ८५ रुपैँया भाडा निर्धारण गरी उक्त भवनको टेन्डर आवाह्न गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले जानकारी दिनुभयो । वढावढमा धेरै भाडा मूल्य कबोल गर्ने कम्पनी तथा संस्थालाई मासिक भाडाको लागि ठेक्का दिने नगरपालिकाले जनाएको छ ।
नवनिर्मित यो भवन कुल १३ करोड ९२ लाख २७ हजार ८८७ रुपैयाँ (मूल्य अभिबृद्धिकर सहित) निर्माण भएको हो । जसको निर्माणको ठेक्का एमकेविसी सिमपानीले( एसविब्रदश)पाएको थियो ।
सदरमुकाम चरिकोटको मुख्य बजार सातदोबाटो चोकमा रहेको यो सपिङ कप्लेक्स नगर विकास समितिको ७५ प्रतिशत ऋण सहयोग तथा भीमेश्वर नगरपालिकाको २५ प्रतिशत लगानीमा निर्माण भएको हो । भवन निर्माण सम्झौता २०७८ साल माघ २६ गते भई हालै मात्रै निर्माण सम्पन्न भएको हो । निर्माणाधिन सपिङ कम्प्लेक्स भवन कुल आठ तल्लाको रहेको छ । विद्युतीय भ¥याङ सहितको आधुनिक सपिङ कम्प्लेक्समा सिनेमा हल समेत रहेको छ । यो भवन चरिकोट बजारको मुख्य चोकमा रहेको छ ।
भवन निर्माण सम्पन्न भएपछि भीमेश्वर नगरपालिकाको भरपर्दो आयस्रोतको रुपमा यो व्यवसायिक भवनलाई लिइएको नगरपालिकाले जनाएको छ । सोही भाडाबाट क्रमश नगर विकास समितिको ऋण तिर्दै जाने नगरको योजना रहेको छ । विगतमा सातदोबाटो चोकमा नै नगर विकास समितिको अनुदान तथा ऋण सहयोगमा नगरपालिकाद्वारा निर्मित पार्किङ सहितको अर्को व्यवसायिक भवन भने भाडामा लागि सकेको छ ।उक्त भवन चार पटक टेन्डर अह्वान गरेपछि मासिक ४ लाख रुपैयाँमा भाडामा लागेको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले थाल्यो नवनिर्मित सपिङ कम्प्लेक्स भवन भाडामा लगाउने प्रक्रिया"

Leave a comment

Your email address will not be published.


*