सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि

काठमाडौँ, ६ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ । —

Shares

Be the first to comment on "सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि"

Leave a comment

Your email address will not be published.


*