सुवेदीको हत्याको भएको प्रहरीको निष्कर्ष , अनुसन्धानमा सीआईबीको टोली पनि खटियो

चरिकोट (दीस) ः काभ्रेपालाञ्चोकको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा मृत फेला पर्नु भएका विष्णु सुवेदीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । सुवेदीको हत्या भएको निष्कर्ष निकालेको काभ्रे प्रहरीले त्यसको अनुसन्धान काभ्रे प्रहरी र सीआईबीको सयुँक्त टोलीले गर्ने भएको छ । काभ्रे प्रहरीका अनुसार गएको चैत ३० मा बुद्धचित्तको रुख काटेको घटनामा अनुसन्धान गर्न काभ्रे आइपुगेका सिआईबीका प्रहरी निरीक्षक सुनिल धोजुँकै टोलीले सुवेदीको हत्याको अनुसन्धान गर्न थालेको छ । काभ्रेका डीएसपी राजुकमार श्रेष्ठमा अनुसार सीआईबीको टोली र काभ्रे प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ । काभे्रपाञ्चोक जिल्लाको पाँचखालमा २८ वैशाखमा घाँस दाउरा गर्न वन पुगेका स्थानीयले विवत्स हत्या भएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरुमा शरीरको बाहिरी भाग पूर्णरूपमा जलेको अवस्थामा प्रहरीले शव फेला परेको हो । शव घाँटी र खुट्टामा फलामको तारले रुखमा बाँधेको अबस्थामा शव भेटिएको थियो । सुरुमा प्रहरीले शव पहिचान गर्न सकेको थिएन । सुरुमा प्रहरीले ३० बर्ष उमेर भन्दा कम उमेरको मानिसको शब भएको हुन सक्ने भन्दै अरु कुनै व्यक्तिको हो की भनेर अनुसन्धान गरेको थियो । प्रहरीले सुवेदी पाँचखालबाट हराएको र भेटिएको शवको पाँच दिनसम्म पनि कसैले पनि दाबी नगरेपछि शव सुवेदीको नै हो की भनेर अनुुसन्धान गरेको थियो । पाँचखालमा भेटिएको शव धुलिखेल अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टले शव युवकको नभई ५५ देखि ६० वर्षका मानिसको उमेरको भएको रिर्पोट दिउको थियो । त्यसपछि प्रहरीलाई शव सुवेदीको हो भनेर पहिचान गर्न सजिलो भएको थियो । प्रहरीले अस्पतालको रिर्पोटको आधारमा शव तल्लोतर्फका ६ वटा र माथिल्लोतर्फका ३ वटा दाँत नक्कली रहेको खुलायो । त्यस्तै छातीमा कोठी रहेको रिपोर्ट पनि आयो । उक्त शव सुवेदीकै रहेको भन्ने पहिचान सुवेदीले प्रोस्टेटको अपरेसन गर्दा चिरेको घाउको खतबाट पहिचान हुन पुग्यो । त्यसपछि परिवारको सहयोगमा सुवदीले हालेको दाँत र कोठी आधारमा नै शव सुवेदीको भएको प्रहरी र परिवारले निष्कर्ष निकालेको थियो । मृतक परिवारले शव बुझ्दै दाहसंस्कार गरिसको छ । सुवेदीले चरिकोटमा लामो समय देखी व्यवसाय गर्दैै आउनु भएको थियो । उहाँले सञ्चालन गरेको मेसनरी तथा पार्टपुर्जाको पसल चरिकोटमा सञ्चालनको अबस्थामा रहेको छ । चरिकोटमा रहेको पसलको जिम्मा २ छोराले लिएपछि पछिल्लो समय सुवेदी ललितपुरको टीकाथली बस्दै आएको बताइएको छ ।

Shares

Be the first to comment on "सुवेदीको हत्याको भएको प्रहरीको निष्कर्ष , अनुसन्धानमा सीआईबीको टोली पनि खटियो"

Leave a comment

Your email address will not be published.


*