दोलखाका दुई सहकारीको विशेष साधारणसभा बस्दै

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको गाउँघर साना किसान कृषि सहकारी संस्थाको विशेष साधारण सभा शुक्रबार बस्ने भएको छ  । विशेष साधारण सभा आयोजना गर्न गठित तदर्थ समितिले सो साधारण सभाको आह्वान गरे अनुरुप शुक्रबार साधारण सभा बस्ने भएको हो ।
गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडको बिगत देखि रकम अपचलन भएको विषयमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित समितिले बिज्ञ टोली झिकाई सम्पूर्ण कागजात हेरी लेखा परीक्षण गरिसकेकोले यसलाई साधारण सभा मार्फत सार्वजनिक गर्न तथा सहकारी सञ्चालक समितिको गठन गर्ने समेत उद्देश्यले साधारण सभाको आयोजना गरिएको मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजुकुशुम लामाले जानकारी दिनुभयो ।
त्यसैगरी मेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको सूर्योदय सहकारी संस्थाको रकम चोरी भई हालसम्म चोर पत्ता लाग्न नसकेका उक्त सहकारीको साधारण सभा पनि जेठ ५ गते शनिबार बस्ने मेलुङ गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका दुई सहकारीको विशेष साधारणसभा बस्दै"

Leave a comment

Your email address will not be published.


*