उन्नतजातका बोका वितरण

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्बर ६ र ७ मा उन्नत जातका बोयर बोका कृषकहरुलाई विरतण गरिएको छ । मेलुङ गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित सामुदायिक विकास मञ्चबाट सञ्चालित मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता परियोजना अन्तर्गत बोयर बोका वितरण गरिएको हो ।
वडा नम्बर छ तथा वडा नम्बर सात मा ६ ६ ओटा बोयर जातको बोका वितरण गरिएको सामुदायिक विकास मञ्चले जानकारी दिएको छ । वितरित बोयर बोकाबाट उन्नत जातका पाठापाठी उत्पादन भई स्थानीय बाख्रापालकहरुलाई लाभ हुनेमा आफू आशावादी रहेको मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु कुशुम लामाले बताउनु भयो ।

Shares

Be the first to comment on "उन्नतजातका बोका वितरण"

Leave a comment

Your email address will not be published.


*