हालै सम्पन्न योजनाबारे सुझाब दिन आग्रह

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र हालै सम्पन्न भएका ९ वटा योजनाहरुका बारेमा गुनासो वा सुझाव केही भए गाउँपालिकामा पेश गर्न स्थानीयहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले सूचना प्रकाशित गरी ति योजनाहरुको बारेमा गुनासो वा सुझाव पेश गर्न आग्रह गरेको हो ।
चालु आवको कार्यक्रम अनुसार हालै सम्पन्न योजनाहरुका सम्बन्धमा स्थानीयहरुको सुझाव वा गुनासो भए सो गाउँपालिकालाई जानकारी दिन आह्वान गरिएको तामाकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद निरौलाले जानकारी दिनुभयो । हालै सम्पन्न भएका योजनाहरुमा खानेपानी, पदमार्ग,प्रतिक्षालय, खेलप्रवेशद्वार, पदमाग लगायत रहेका छन् ।

Shares

Be the first to comment on "हालै सम्पन्न योजनाबारे सुझाब दिन आग्रह"

Leave a comment

Your email address will not be published.


*