दोलखा जिल्ला निर्माण ब्यावसायी संघको निर्वाचनमा पाख्रिन र थापावीच प्रतिस्पर्धा हुने

चरिकोट(दीस)ः दोलखा जिल्ला निर्माण ब्यावसायी संघको अध्यक्षमा कृष्ण पाख्रिन र राजेश थापा विच प्रतिस्पर्धा हुने भएको छ । संघको आठौं अधिवेशन निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको उमेद्वारको अन्तिम नामावली अनुसार अध्यक्षमा पाख्रिन र थापाको मात्र उम्मेद्वारी रहेकोले उहाँहरु विच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्ष पदमा कृष्ण पाख्रिन र राजेश थापा, बरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ र हरिबहादुर श्रेष्ठ, प्रथम उपाध्यमा ईन्द्रबहादुर श्रेष्ठ र कृष्णबहादुर दहाल, तृतीय उपाध्यक्षमा गणेश विक्रम शाही, नवराज भनिने मिनबहादुर श्रेष्ठ र रमेश तामाङको उमेद्वारी परेको छ । द्वितीय उपाध्यक्षमा भने मनोज श्रेष्ठ तथा महासचिव पदमा लालबहादुर तामाङ निर्विरोध भइसक्नु भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सचिव पदमा अनिल श्रेष्ठ र रोशन श्रेष्ठको व्ीचमा प्रतिस्पर्धा हुने भएको छ । कोषाध्यक्ष पदमा किशोरकुमार लामा र गणेश थापाका बीचमा प्रतिस्पर्धा हुने छ । सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध हुनु भएको निर्वाचन समितिको भनाई रहेकोछ । बरिष्ठ सदस्यमा भीष्मप्रकाश खड्का र मानबहादुर थपालियाका बीचमा प्रतिश्पर्धा हुने छ  । सदस्य पदमा १२ जना चाहिनेमा १४ जनाको उमेद्वारी परेको छ । संघको निर्वाचन बैशाख २९ गते हुने छ ।

Shares

Be the first to comment on "दोलखा जिल्ला निर्माण ब्यावसायी संघको निर्वाचनमा पाख्रिन र थापावीच प्रतिस्पर्धा हुने"

Leave a comment

Your email address will not be published.


*