फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो । यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उहाँले जानकारी दिनुभयो । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उहाँले बताउनुभयो । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उहाँले दिनुभयो । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ । कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । —
इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु
Posted By: दीक्षण दैनिक १६ बैशाख २०८१, आईतवार १४:३६
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार ०८:४२
समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार ०८:५८
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
५ आश्विन २०८१, शनिबार १८:२९
Be the first to comment on "इलाम उपनिर्वाचन अपडेटः मतगणना सुरु"