८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक

भक्तपुर (दीस)ःदेशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भक्तपुरले जानाकारी दिएको छ ।चैत्र महिनाको १३ गते सम्ममा कूल १ करोड ७० लाख थान पाठ्यपुस्तक छापी अहिलेसम्म ८० प्रतिशत किताब बिक्रि गरिएको उक्त केन्द्रका महाप्रबन्धक अनिल कुमार झाले बताउनुभयो ।
हाल सम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको र बाँकि रहेका जिल्लाहरुमा भने यहीँ चैत्र २८ गतेसम्ममा बिक्रि वितरण गरिसक्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
स्थानिय तहहरुले रकम समयमा निकासा नगर्दा पुस्तक बिक्रिमा ढिलो भएको हो उहाँको भनाई छ ।

Shares

Be the first to comment on "८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक"

Leave a comment

Your email address will not be published.


*