तीन किलो लागु औषध सहित एक युवा पक्राउ

चरिकोट (दीस )दोलखाको भीमेश्वर नगरपालिका ५ किराँतीछापमा प्रहरीले लागु औषध सहित एक जना युवालाई सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको बैत्यश्वर ५ मैनापोखरी का अन्दाजि २६ बर्षिय दिपक मिजार रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
जिरी–चरिकोट सडक खण्ड अन्तर्गत पर्ने किराँती छापमा प्रेम बहादुर गिरीको कमाण्डमा खटिएका प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उक्त लागु औषध गाजा फेला पारेको हो । जिरीबाट काठमाडौं जादै गरेको बा . ५ खं ८०३१ नं. को बसमा लुकाई छिर्पाई लादै गरेको २.९२२(दुई के. जी . नौं सय बाईस ग्राम )गाजा सहित पक्राउ परेका मिजारलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखि थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "तीन किलो लागु औषध सहित एक युवा पक्राउ"

Leave a comment

Your email address will not be published.


*