“पशुपति चौलागाई स्मृति मानवअधिकार तथा सामाजिक सेवा पुरस्कार” बाट अग्रज पत्रकार मास्के सम्मानित

चरिकोट (दीस) ः हुराडेक नेपाल दोलखाले प्रत्येक बर्ष प्रदान गर्ने “पशुपति चौलागाई स्मृति मानवअधिकार तथा सामाजिक सेवा पुरस्कार” बाट यो बर्ष दोलखा अग्रज पत्रकार चिरञ्जीवी मास्के सम्मानित हुनु भएको छ । आज मानवअधिकार क्षेत्रमा क्रियाशिल सामाजिक संस्था मानवअधिकार सचेतन तथा विकास केन्द्र नेपाल (हुराडेक) दोलखाको ३२ औं वार्षिक उत्सवको अवसर पारेर उक्त संस्थाले उहाँलाई सम्मान गरेको हो ।

प्रेस काउन्सिल नेपालका सदस्य समेत रहनु भएका मास्केलाई बागमती प्रदेशमा सांसद भरत केंसीले नगद १० रुपैया हजार र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षता र बागमती प्रदेश सभाका सांसद भरत केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के , नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य रमेश खतिवडा , हुराडेक नेपालका पूर्वअध्यक्ष होम पाठक, नेपाल वार एशोसिएशन दोलखा एकाईका अध्यक्ष कृष्ण बहादुर बस्नेत, संस्थाका कोषाध्यक्ष जीवस खड्काले मन्तब्य व्यक्त गर्नु भएको थियो । “पशुपति चौलागाई स्मृति मानवअधिकार तथा सामाजिक सेवा पुरस्कार” २०७८ सालमा स्थापना भएको हो । कार्यक्रममा बक्ताहरुले सामाजिक मुद्वा उठानमा नागरिक समाज एक ढिक्का हुनु पर्ने बताउनु भएको थियो ।

Shares

Be the first to comment on "“पशुपति चौलागाई स्मृति मानवअधिकार तथा सामाजिक सेवा पुरस्कार” बाट अग्रज पत्रकार मास्के सम्मानित"

Leave a comment

Your email address will not be published.


*