रामेछाप एमालेको नवौँ जिल्ला अधिवेशन बैशाखमा हुने

रामेछाप (दीस) ः नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन आगामी बैशाखमा हुने भएको छ । विहिबार सो पार्टीको मन्थलीमा बसेको १० औँ पूर्ण बैठकले बैशाख २६, २७ र २८ गतेसम्म ३ दिन अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । बैठकले बैशाख १५ गते सबै वडा र आठवटै पालिकामा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ  । रामेछाप जिल्लामा ९ हजार ३३ जना पार्टी सदस्य रहेको एमाले रामेछापले जनाएको छ । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, संगठन विभाग सचिव माधव ढुङ्गेल लगायतका नेता सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "रामेछाप एमालेको नवौँ जिल्ला अधिवेशन बैशाखमा हुने"

Leave a comment

Your email address will not be published.


*