पचास प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले पचास प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ । नगरले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार अनुदानमा धानको विउ वितरण गर्ने भएको हो ।
नेपाल सरकारबाट हस्तान्तरित शशर्त अनुदान अन्तर्गत पचास प्रतिशत अनुदानमा धानको विउ माग गर्न कृषक , कृषक समूह, कृषि सहकारी, कृषि कम्पनी लगायतलाई विउ माग गर्न आह्वान गरिएको भीमेश्वर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विशकसेन ढकालले जानकारी दिनुभयो । अनुदानमा सिफारिस गरिएका जात हरु खरिद गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "पचास प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*