काठमाडौँ, १९ चैत : वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ । –––
सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति
Posted By: दीक्षण दैनिक १९ चैत्र २०८०, सोमबार १९:३१
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति"