बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ ।सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो ।

यस प्रदेशमा एमाले-माओवादी-नेकपा एसको गठबन्धनमा ५५ जना सांसद छन् । ११० सदस्यीय रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद चाहिन्छ । उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए ।

तर, निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै हानेपाले उनलाई कारबाही गर्ने बताएको छ । प्रदेशमा उक्त पार्टीका २ सांसद छन् ।

 

Shares

Be the first to comment on "बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै"

Leave a comment

Your email address will not be published.


*