अदालतको आदेशपछि सडक निर्माण ठप्प

काभ्रेपलाञ्चोक(दीस) ः अरनिको राजमार्गं अन्तर्गतको साँगा धुलिखेल सडक खण्डको विस्तारको काम ठप्प भएको छ । पाटन उच्च अदालतको आदेशपछि बनेपा सडक खण्डमा निर्माण भईरहेको सडकको निर्माण संरचना रोकिएपछि सो कार्य ठप्प भएको हो ।
बनेपा नगरपालिका वडा नम्बर छ बुडोलका १३ जना स्थानीयले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालय भक्तपुरसहित आयोजना प्रमुख तथा ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाइ पूनरावेदन अदालत पाटनमा रिट दर्ता गरेका थिए । रिटको प्रारम्भिक सुनुवाईपछि पूनराावेदन अदालत पाटनले निर्माण कार्य रोक्न आदेश जारी गरेको थियो । कल्भर्टलगायत निर्माणाधीन संरचनाको कामहरु रोकिएपछि वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा निकै सकस हुनाका साथै स्थानीयहरु सास्ती खप्न बाध्य भएका छन् ।

Shares

Be the first to comment on "अदालतको आदेशपछि सडक निर्माण ठप्प"

Leave a comment

Your email address will not be published.


*