जुरिच किन्डर गार्डेनको दीक्षान्त समारोह सम्पन्न

भक्तपुर ः भक्तपुरको सुर्यबिनायक –३ नयाँ बस्तिमा रहेको उत्कृष्ट विद्यालय जुरिच किन्डर गार्डेनको दीक्षान्त समारोह एवम अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालयले शनिवार आफ्नो बार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार जगत आलोचक मात्र नभई रचनात्मक बन्नुपर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले भने पत्रकारले देश र समाजमा भएका असल अभ्यासहरुलाई उजागर गर्न आग्रह गर्नु भयो ।

विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गर्दै शैक्षिक विकासमा उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, असल अभिभावकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको अवसर पारेर विद्यालयका आया र सवारी चालकलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा आयोजना गरिएको अतिरिक्त क्रियापकलापमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत राउतले बताउनुभयो  ।  समयको आवश्यकताअनुसार संस्कारयुक्त गुणस्तरीय शिक्षाको अभियान जुरीचले शुरु गरेको उहाँले बताउनुभयो ।
मन्टेश्वरी तालिम प्राप्त,दक्ष र अनुुभवी शिक्षकहरुको व्यवस्थापनकै कारण विद्यालय अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयको दावी छ । पठनपाठनका अतिरिक्त आगामी शैक्षिक वर्षबाट विद्यालयले नृत्य र योगा कक्षाका अतिरिक्त यो वर्षबाट कराँते तालिमका कक्षाहरु समेत विद्यालयले सञ्चालन गर्ने छ ।
वि.स. २०७४ सालबाट सञ्चालन गरिएको जुरिचमा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयले जनाएको छ । ७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा हाल ६६ जना विद्यार्थी रहेका छन । आगामी दिनमा डेकियर सहित थप २ कक्षा सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल राउतको भनाइ छ ।विद्यालयमा हाल प्ले ग्रुप,नर्सरी,एलकेजी र यूकेजीका कक्षाहरु सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा पत्रकार महसंघका केन्द्रीय सचिब गोबिन्द चौलागाई ,एसओएस हर्मन माईनर बिद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद गौतम,ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष मिना कार्की लगायते बिद्यालयले बालबालिकाको मनोबिज्ञानलाई बुझेर स्तरीय शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।

कार्यक्रममा पुर्व संघीय सांसद केदार संजेल, शंकर स्कुलका प्रिन्सीपल शरण चौलागाईं र पत्रकारहरु पुष्करराज बुढाथोकी,रमेश गिरी, मकर श्रेष्ठलगायत समाजका अगुवा र अभिभावाकको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "जुरिच किन्डर गार्डेनको दीक्षान्त समारोह सम्पन्न"

Leave a comment

Your email address will not be published.


*