आजबाट एसइई परीक्षा सुरु

चरिकोट (दीस) ः आजबाट देश भर यो शैक्षिक शत्रको एसइई परीक्षा सुरु हुँदै छ । दोलखामा यो बर्षको एसईई परीक्षामा २ हजार ६ सय ३१ जना विद्यार्थीले सहभागिता जनाउँदै छन्  ।
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका अनुसार परीक्षामा १ हजार २ सय २९ जना छात्र र १ हजार ४ सय २ छात्राले परीक्षामा भाग लिँदै छन्  । त्यसैगरी दोलखा कारागारबाट एक जना परीक्षार्थीले यो परीक्षामा भाग लिने समन्वय ईकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखाका लागि १९ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ९७ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । जसमा सामुदायिक तर्फ ८५ वटा विद्यालय, संस्थागत तर्फ ११ विद्यालय र खुल्ला १ विद्यालयबाट परीक्षामा विद्यार्थीले भाग लिदै छन् । आजबाट सुरु हुने यो परीक्षाको लागि दोलखामा केन्द्राध्यक्ष १९ जना , सहायक केन्द्राध्यक्ष २० तथा निरिक्षक १ सय ३४ जनालाई तोकिएको पनि उहाँले बताउनु भयो । यस्तै परीक्षा सहायक २६ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।
यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार परीक्षाफल प्रकाशित गर्ने यस अघि नै निर्णय गरेको छ । यो परीक्षामा विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरीएको छ परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै १०० पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क यो परीक्षामा ल्याउनु पर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने र तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था परीक्षा बोर्डले यस अघि नै गरिसकेको छ ।

Shares

Be the first to comment on "आजबाट एसइई परीक्षा सुरु"

Leave a comment

Your email address will not be published.


*