बनेपाको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता

काभ्रेपलाञ्चोक(दीस)ः खानेपानी मन्त्री राजेन्द्र कुमार राईले बनेपा नगरको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । बुधवार बनेपा नगरपालिकाको ४३ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
नगरपालिकाले बनाएको योजनामा संघिय खानेपानी मन्त्रालयबाट सहयोग हुने उक्त अवसरमा उहाँले आश्वासन दिनुभयो । नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न सरकारले योजना बनाइरहेको उहाँको भनाई थियो । प्रतिनिधि सभाका सांसद गोकुल बास्कोटाले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम बनेपा नगरपािलकाका प्रमुख शान्ति रत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "बनेपाको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता"

Leave a comment

Your email address will not be published.


*