पूर्व गाउँपालिका अध्यक्ष भ्रष्टचार मुद्दामा दोषी ठहर

रामेछाप(दीस)ः लिखुतामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भष्टचार मुद्दामा दोषी ठहर हुनु भएको छ । विशेष अदालतले उहाँसहित पाँचजनालाई हालै दोषी ठहर गरेको हो ।
अदालतले खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय तोकेको हो । अख्तियारले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको अभियोगमा कुल २७ जनालाई मुद्दा दायर गरेको थियो  । मुद्दा दायर गरिएकामध्ये २२ जनाले सफाई पाएका छन् । दोषी ठहर भएका अन्यमा राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामा रहेका छन् । मुद्दा दायर गरिएका न्यौपाने र चौलागाईलाई ३ महिना कैद र ६३ लाख जरिवाना तथा तामाङ र लामालाई ३ महिना कैद र रु ३१ लाख जरिवाना अदालतले तोकेको छ ।

Shares

Be the first to comment on "पूर्व गाउँपालिका अध्यक्ष भ्रष्टचार मुद्दामा दोषी ठहर"

Leave a comment

Your email address will not be published.


*