समुदायमा अदालत कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक(दीस) ः जिल्लाको बेथानचोक गाउँपालिकामा समुदायमा अदालत कार्यक्रम सञ्चालन गरेको छ । न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना २०७६–२०८१ अन्तर्गत जिल्ला अदालतले सोमबार सो कार्यक्रम सञ्चालन गरेको हो ।
अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय तथा समस्याका बारेमा समुदायसँग छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको काभ्रे जिल्ला अदालतले जनाएको छ । अदालतप्रति रहेको अनावश्यक भ्रम निवारण गर्दै समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रमका सहभागीहरुले जिल्ला अदालतबाट सम्पादन हुने कार्यलगायत कानुनी समस्याका बारेमा जिज्ञासा तथा स्थानीयस्तरमा हुने स–साना प्रकृतिका विवादलाई छिटोछरितो रुपमा समयमै विवाद(निरुपण गर्नका लागि स्थानीय तहको न्यायिक समितिले दिने न्याय र अदालतले दिने न्यायका बारेमा जिज्ञासा राखेका थिए । स्थानीय नागरिकले उठाएका जिज्ञासाका विषयमा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जवाफ दिनु भएको थियो ।

Shares

Be the first to comment on "समुदायमा अदालत कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*