सुर्के माविका पूर्व प्रअ शिवाकोटी मृत फेला

चरिकोट(दीस)ः सुर्के मावि खरिढुंगाका पूर्व प्रधानाध्यापक टंकप्रसाद शिवाकोटी मृत फेला पर्नु भएको छ । भीमेश्वर नगरपालिका सुस्पा क्षमावती स्थाई घर भई हाल काठमाडौंं मुलपानीमा बसोवास गर्दै आउनु भएको शिवाकोटी काठमाडौंको जरसिंपौवाको जंगलमा मृत फेला पर्नु भएको हो ।
शिवाकोटी चैत्र ६ गते मोवाइल समेत घरमैं छोडी बेपत्ता हुनु भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको शव सोमबार फेला परेको बताइएको छ । शिवाकोटी ७१ वर्षका हुनुहुथ्यो ।
यसै बीच दोलखाको मेलुङ गाउँपालिकाको सितलीमा पनि सोमबार विहान एक पुरुषको शव फेला परेको छ । यस वारेमा आवश्यक अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "सुर्के माविका पूर्व प्रअ शिवाकोटी मृत फेला"

Leave a comment

Your email address will not be published.


*