फुटसल प्रतियोगितामा जनप्रतिनीधि २–१ ले बिजयी

चरिकोटः जनप्रतिनिधि र पत्रकार बीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जनप्रतिनिधि बिजयी भएका छन् । दोलखाको सदरमुकाम चरिकोटमा आज आयोजना भएको खेलमा २–१ गोल अन्तरले पत्रकारको टीमलाई हराउदै जनप्रतिनिधिको टोली बिजयी भएको हो । प्रतियोगिता अनलाइन मिडिया सोसाइटी दोलखाको आयोजना र भीमेश्वर नगरपालिका वडा नं. ७ को समन्वयमा सम्पन्न भएको अनलाईन मिडिया सोसाइटी दोलखाका अध्यक्ष जीवन लामाले बताउनु भयो । प्रतियोगिता होली पर्वको अबसरमा गरिएको उहाँले जानकारी दिनुभएको छ ।

Shares

Be the first to comment on "फुटसल प्रतियोगितामा जनप्रतिनीधि २–१ ले बिजयी"

Leave a comment

Your email address will not be published.


*