जीपी फाउन्डेशनद्वारा निःशुल्क कोचिङ कक्षा सञ्चालन

चरिकोट(दीस)ः जीपी कोइराला फाउन्डेशन दोलखाले बुधबार बाट कक्षा १२ का विद्यार्थीहरुका ेलागि निःशुल्क कोचिङ कक्षा सञ्चालन सुरु गर।ेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पन्ध्रौं स्मृति दिवसको अवसरमा सो कोचिङ कक्षा सञ्चालन गरिएको हो ।
स्वर्गीय गिरिजा प्रसाद कोइरालको स्मृति दिवस तथा स्वर्गीय काँग्रेस नेता भीमबहादुर तामाङको स्मृतिमा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क कोचिङ कक्षा सुरु गरिएको जीपी फाउन्डेशन दोलखाले जानकारी दिएको छ । कोचिङको उद्घाटन नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाले गर्नु भएको थियो । कार्यक्रमलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरलगायतले सम्बोधन गर्नु भएको थियो । उद्घाटन समारोह फाउन्डेशनका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "जीपी फाउन्डेशनद्वारा निःशुल्क कोचिङ कक्षा सञ्चालन"

Leave a comment

Your email address will not be published.


*