काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को दोस्रो डिष्ट्रिक्ट कन्भेन्सन यही चैत्र २४ गते चितवनको भरतपुरमा हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर आर.एस. महतोका अनुसार अधिवेशनले लायन बर्ष २०२४ । २०२५ का लागि नयाँ नेतृत्व छान्नेछ । लायन्स क्लव इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नरको पदावधि एक वर्षको मात्र हुन्छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा एक जना मात्र आकाँक्षी भएपनि एस भोट लिनुपर्ने प्राबधान छ । अधिवेशनले आगामी बर्षका लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपानेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गर्नेछ । तर, न्यौपानेले एस भोट भने लिनुपर्ने व्यवस्था छ । त्यसैगरी फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज सापकोटाले पनि एस भोट लिनुपर्ने छ । सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरका लागि विभिन्न आकाँक्षी रहेका छन् । अधिवेशनले सेकेण्ड डिष्ट्रिक्ट गभर्नरको निर्वाचनपनि सम्पन्न गर्नेछ । डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न गर्न कन्भेनर दुर्गालक्ष्मी श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएको छ । समितिहरुले विभिन्न चरणमा बैठक सम्पन्न गरी भव्य तयारी गरिरहेको कन्भेनर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार डिष्ट्रिक्टका १ सय ६६ क्लबका एक हजार पाँच सय जनाको सहभागिता रहनेछ । डिष्ट्रिक्ट आर मा काठमाण्डौं, ललितपुर, चितवन र नवलपुर पूर्वका करिव ४ हजार लायन सदस्य रहेका छन् ।
लायन्स ३२५ आर को कन्भेन्सन चितवनमा हुने
Posted By: दीक्षण दैनिक ७ चैत्र २०८०, बुधबार १८:२८
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "लायन्स ३२५ आर को कन्भेन्सन चितवनमा हुने"