एसईई परिक्षामा दोलखाबाट २ हजार ६ सय ४६ विद्यार्थी सहभागी हुने

राजकुमार भुजेल ÷चरिकोटः दोलखाबाट यो बर्षको एसईई परीक्षामा २ हजार ६ सय ४६ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट उक्त संख्यामा विद्यार्थीहरु एसईईमा सहभागिता जनाउने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका अनुसार परीक्षामा १ हजार २ सय ३३ जना छात्र र १ हजार ४ सय १३ छात्राले परीक्षामा भाग लिँदै छन् । परीक्षामा सामुदायिक विद्यालयका २ हजार ३ सय ७४ परीक्षार्थीले भाग लिनेछन् । जसमा १ हजार ७१ छात्र र १ हजार ३ सय ३ छात्रा रहेका छन् । त्यसैगरी संस्थागत विद्यालयतबाट १ सय ३७ छात्र तथा १ सय १ छात्रा गरी कुल २३७ जना विद्यार्थीले परीक्षामा भाग लिने इकाईले जनाएको छ ।
दोलखामा सामुदायिक ८५ वटा र संस्थागतका ११ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनु भयो । त्यसैगरी खुल्लातर्फ २६ छात्र तथा ९ छात्रा गरी कुल ३५ जना परीक्षार्थी रहेको उहाँले जानकारी दिनु भयो । एसईई परिक्षा यहिँ चैत १५ गतेबाट सुरु भई २३ गते सम्म चल्ने बताईएको छ ।

Shares

Be the first to comment on "एसईई परिक्षामा दोलखाबाट २ हजार ६ सय ४६ विद्यार्थी सहभागी हुने"

Leave a comment

Your email address will not be published.


*