विद्यार्थीहरुलाई पोसाक वितरण

पोसाक वितरणचरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर दुई स्थित बाल मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको छ । आइतवार एक समारोहका विच पोषाक वितरण गरिएको हो ।
आइएनसी ( उई केयर नेपाल) नामक गैह्र सरकारी संस्थाले विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको बाल मन्दिर प्राथमिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विराजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्णप्रसाद ढुङ्गाना, मनिष ढुङ्गाना, राजकुलेश्वर आधारभुत विद्यालयका विब्यस अध्यक्ष अजय प्रधान लगायतको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "विद्यार्थीहरुलाई पोसाक वितरण"

Leave a comment

Your email address will not be published.


*