अभिमुखीकरण कार्यक्रम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा न्यूनतम रोजगारीमा संलग्न हुनेहरुका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न्न भएको छ । सचेतना तथा अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न भएको हो । “श्रमको सम्मान राष्टूको अभियान” अन्तर्गत बेरोजगार ब्यक्तिहरुलाई न्यूनतम रोजगारीमा संलग्न हुन एक दिने सचेतीकरण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको भीमेश्वर नगरपालिका वडा नम्बर चारले जानकारी दिएको छ । वडा नम्बर चारका वडाध्यक्ष तारानाथ चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका रोजगार संयोजक सुजन ओलीले न्युनतम रोजगारीका बारेमा सरोकारवालाहरुलाई आवश्यक जानकारी दिनु भएको थियो ।

Shares

Be the first to comment on "अभिमुखीकरण कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*