पाँँचौ जिल्ला परिषद् सम्पन्न

चरिकोट(दीस)ःनेपाल निबृत्त शिक्षक समाज दोलखाको पाँचौ जिल्ला परिषद् सम्पन्न भएको छ । मंगलवार सदरमुकाम चरिकोटमा परिषद् सम्पन्न भएको हो । परिषदमा राज्यद्वारा समयानुकुल सम्मान तथा सुविधा उपलब्ध गराउन राज्यसँग अनुरोध गर्ने निर्णय गरिएको नेपाल निबृत्त शिक्षक समाज दोलखाले बताएको छ । कार्यक्रमका बक्ताहरुले जीवनका उर्वर समय शिक्षण पेशामा समर्पित गरेका गुरुहरुलाई राज्यले सम्मान गर्नु पर्ने कुरामा जोड दिइएको थियो । परिषद्मा जिल्लाका निबृत्त शिक्षकहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "पाँँचौ जिल्ला परिषद् सम्पन्न"

Leave a comment

Your email address will not be published.


*