एमाले दोलखाको पहिलो पुर्ण बैठकले ११ जना जिल्ला कमिटी सदस्य मनोनित , २५ जनाको सचिवालय गठन

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाको पहिलो पुर्ण वैठक सम्पन्न भएको छ । मंगलबार देखी सूरु भएको बैठक आज चरिकोटमा सम्पन्न भएको हो । बैठकले ११ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । बैठकले मनोनित हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट मुरारीराज शिवाकोटी, जिरी नगरपालिकाबाट केशवकुमार कार्की, बैतेश्वर गाउँपालिकाबाट माधव प्रसाद धिमिरे, गौरीशंकर गाँउपालिकाबाट जंग बहादुर गुरुङ, तामाकोशी गाउँपालिकाबाट धिरज सुवेदी, मेलुङ गाउँपालिकाबाट दान बहादुर तामाङ, शैलुङ गाउँपालिका बाट थिर बहादुर तामाङ, कालिन्चोक गाउँपालिकाबाट गणेश शिवाकोटी, विक्रम खड्का, विगु गाउँपालिकाबाट शारदा राणा र मेलुङ गाउँपालिकाबाट ईश्वर कोइरालालाई मनोनित गरेको छ ।बैठकले सचिवालय समेत गठन गरेको छ । सचिवालय सदस्यमा २५ जना र बैकल्पिक सदस्यमा ३ जना रहनु भएको छ । सदस्यीय सचिवालयमा नर बहादुर श्रेष्ठ, राजेन्द्र मानन्धर, स्वयम बहादुर खड्का, हरी ओली, कमला वस्नेत, कुमार खड्का, थिर बहादुर तामाङ, माधव प्रसाद घिमिरे, मुरारीराज शिवाकोटी, सारदा राणा, नारायणध्वज खड्का, मनमाया जिरेल, नविनकुमार लामा, गिता भुजेल, लोक बहादुर नेपाली, निमा लामा, धिरज सुवेदी, गणेश शिवाकोटी, सोम बहादुर बम्जन, अच्युतम के.सी , देवीका थामी, कृष्णमाया बुढाथोकी, तारा नेपाली, जंग गुरुङ, केशव कुमार कार्की रहनु भएको छ । वैकल्पिक सचिवालय सदस्यहरुमा रमेश श्रेष्ठ, नेत्र मोक्तान र शक्ति पाठक रहनु भएको छ । बैठकले विभागको प्रमुख समेत तोकेको छ । उपाध्यक्ष राजेन्द्र मानन्धरलाई पार्टी स्कुल विभागको प्रमुख ,सचिव स्वयमबहादुर खड्काले संगठन विभाग प्रमुख, उपसचिव कमला वस्नेतले स्थानीय विकास विभाग प्रमुख, उपसचिव हरी ओलीले प्रचार विभाग प्रमुख बैठकले जिम्मेवारी तोकिएको छ । युवा संघ नेपालको इन्चार्जमा अर्जुन सुनुवार र अनेरास्ववियुको इन्चार्जमा शक्ति पाठक बैठकले जिम्मेवारी तोकेको छ । बैठकले पालिकाका इन्र्चाज तथा सहइन्र्चाज समेत तोकेको छ । जसमा भीमेश्वर नगरपालिकाको इन्चार्जमा नविन कुमार लामा र सह इन्चार्जमा ज्ञानेन्द्र प्रधान, जिरी नगरपालिकाको इन्चार्जमा केशव कुमार कार्की, सहइन्चार्जमा ज्ञान बहादुर सुनुवारर्, , बैतेश्वर गाउँपालिकाको इन्चार्जमा माधव प्रसाद घिमिरे, सह इन्चार्जमा शान्त जिरेल, गौरी शंकर गाउँपालिकाको इन्चार्जमा जंग बहादुर गुरुङ, सह इन्चार्जमा झलक कुमार कार्की ,तामाकोशी गाउँपालिकाको इन्चार्जमा धिरज सुवेदी, सह इन्चार्जमा श्यामकाजी कटुवाल, मेलुङ गाउँपालिकाको इन्चार्जमा सोम बहादुर बम्जन, सह इन्चार्जमा ईश्वर कोइराला, शैलुङ गाउँपालिकाको इन्चाजमा थिर बहादुर तामाङ, सह इन्चार्जमा नेत्र मोक्तान, कालिन्चोक गाउँपालिकाको इन्चार्जमा गणेश शिवाकोटी, सह इन्चार्जमा सविना पाण्डे र विगु गाउँपालिकाको इन्चार्जमा अच्छुतम केंसी , सह इन्चार्जमा देवीका थामीलाई जिम्मेवारी तोकिएको छ । बैठकले एमालेका वडा कमिटीका इन्चार्ज समेत तोकेको नेकपा एमाले दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "एमाले दोलखाको पहिलो पुर्ण बैठकले ११ जना जिल्ला कमिटी सदस्य मनोनित , २५ जनाको सचिवालय गठन"

Leave a comment

Your email address will not be published.


*