दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

चरिकोट(दीस) ः दोलखाको वैतेश्वर गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ् । प्रतियोगिताको प्रदेश सांसद कुन्दनराज काफ्ले उद्घाटन गर्नु हुदै पालिकाले स्थानीय विकास निर्माण संगै खेल खेलकुद क्षेत्रलाई पनि अब्बल रूपमा विकास गर्न लगानी गरिरहेको बताउनु भयो। नेता काफ्लले भलिबल प्रतियोगितामा अनुशासित रुपमा खेल खेल्ल खेलाडीलाई सुझाब दिनु भयो । पालिकाको वडा नम्बर–३को मिर्गे खेल मैदान भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ । बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भाइराम बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैतेश्वर गाउँपालिकाको अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती,वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली,वडा अध्यक्षहरु भिम बहादुर तामाङ,श्याम कुमार घिसिङ, कमल अधिकारी,कुमार चौलागाईं,शान्तबहादुर जिरेल,प्रशासन प्रमुख रबिन्द्र चौलागाईं,पालिका प्रमुख इन्जिनियर युधिष्ठर केसी, सुचना अधिकारी रोशन कुमार गिरीको उपस्थिती रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० नगद ,द्वितिय हुने टिमले १ लाख नगद. तृतिय हुने टिमले ६७ हजार नगद चौथो हुने टिमले २७ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा बैतेश्वर गाउँपालिकाका ए र बि टिम सहित जिरी नगरपालिका,तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका, गौरीशंकर ,कालिन्चोकको टिम सिंगटी र विगु गाउँपालिकाले सहभागिता जनाएका छन् ।

Shares

Be the first to comment on "दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*