जिरी नगरपालिकाले अपाङ्गता भएकालाई बाख्रा वितरण गरिने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले अपाङ्गता भएका हरुलाई बाख्रा वितरण गर्ने भएको छ । ग वर्गका अपाङ्गहरुका लागि बागमती प्रदेश सरकारको अनुदानमा आय आर्जनका लागि बाख्रा वितरण गर्न लागिएको हो । चालु आर्थिक वर्षको बागमती प्रदेश सरकारको शसर्त अनुदान कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत ग वर्गको अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण गर्न लागिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा भाग लिन चाहने ग वर्गका अपाङ्गगता भएका ब्यक्तिहरुलाई आवेदन दिन सूचना प्रकाशित गरिएको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाले अपाङ्गता भएकालाई बाख्रा वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*