जेसिज दोलखाको झोल साबुन तालिम सम्पन्न

रिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा एक दिने झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । नेपाल जेसिज काठमाडौ लेडि र दोलखा जेसिजको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी र बागेश्वरी असल शासन क्लव बास दोलखा शाखाको समन्वयमा सो तालिम सम्पन्न भएको हो । लगानी सभ्य र समुन्नत समाजको थालनी विषयक ११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सो तालिम आयोजना गरिएको आयोजकको भनाई रहेको छ । दोलखा जेसिजका कार्यकारिणी उपाध्यक्ष इश्वर दाहालको अध्यक्षतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको हो । आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीले महिलाका लागि तालिम धेरै खालका सम्पन्न भए पनि झोल साबुन बनाउने कार्यक्रम निकै प्रभावकारी रहेको र यसलाई व्यवसायीक रुपमा नै अगाडि बढाउन समेत आग्रह गर्नुभयो । काठमाडौं लेडिज जेसिज २०१७ कि अध्यक्ष सजना नकर्मि प्रशिक्षक रहनु भएको थियो । तालिममा जनहित चित्रेश्वरका अध्यक्ष नवराज न्यौपाने,नेपाल पत्रकार महासँघ दोलखा शाखाका सचिब दिलसागर के.सी. ,जिल्ला सहकारी संघका व्यवस्थापक राजकुमार दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "जेसिज दोलखाको झोल साबुन तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*