प्रधानमन्त्री दाहालद्वारा मन्त्री परिषद्को विस्तार

?????????? ????????? ??????? ?????????? ???????? ???????????? ????????? ????????????? ?????? ?? ??? ?????????? ???????? ??????????? ? ????? ???????? ?????? ???????????? ????????????? ????, ????????????? ???????? ????? '???????' ?????? ?????? ??????????? ? ?????? ? ???? ??????? / ????

चरिकोट (दीस) ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । बुधबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति पौडेलले शपथ गराउनु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेबाट ८ जना ,नेकपा माओवादी केन्द्रबाट ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ र एकीकृत समाजवादीबाट २ जनालाई मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो  । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उप प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
एमालेले पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिदै सरकारमा पठाएको छ । एमालेबाट पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यसैगरी एमालेबाट दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिनु भएको छ  । एमालेले धेरैजसो मन्त्रीहरु अघिल्लो पटक प्रचण्ड प्रधानमन्त्री भएको बेलाका मन्त्रीलाई नै मन्त्रालय समाल्ने अबसर दिएको छ । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री हुनु भएको छ । उहाँ यसअघि गृह मन्त्री हुनुहुन्थ्यो । त्यसैगरी दाहालले वर्षमान पुनलाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएको छ । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नु भएको छ । बुधबार भएको मन्त्री परिषद् विस्तारमा समेत उहाँहरुले यस अघि समालेको मन्त्रालय नै पाउनु भएको छ । यो पटकको मन्त्री परिषद् विस्तारमा हितबहादुर तामाङ भने माओवादी केन्द्रबाट पहिलो पटक मन्त्री हुने अबसर पाउनु भएको छ । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनु भएको छ। यस अघि पनि दाहालको मन्त्री परिषद्मा उहाँ गृहमन्त्री हुनु भएको थियो । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वन्नु भएको छ । उहाँहरु पहिलो पटक मन्त्री हुनु भएको हो ।
पद तथा गोपनीयतको शपथ लिनेमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढा हुनुहुन्छ ।

Shares

Be the first to comment on "प्रधानमन्त्री दाहालद्वारा मन्त्री परिषद्को विस्तार"

Leave a comment

Your email address will not be published.


*