८ हजार ४ सय बालबालिकालाई खोप

बाबुराम शर्मा ÷चरिकोट ः खोप अभियान अन्तर्गत दोलखामा ८ हजार ४सय ४९ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ । जिल्लाका नौ वटा स्थानीय तहहरुका बालबालिकालाई उक्त संख्यामा दादुरा रुबेलाविरुद्धको खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका ९ वटा स्थानीय तहमा लगाइएको खोपमा भीमेश्वर नगरपालिकामा सबैभन्दा बढी र तामाकोसी सबैभन्दा कममा खोप लगाइएको छ । भीमेश्वरमा दुई हजार १३१ जना तामाकोसीमा ६ सय जनाले यो अभियानमा खोप लगाएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिकामा एक हजार २ सय ३५, बिगु गाउँपालिकामा ९ सय ५, जिरी नगरपालिकामा ८ सय ७२, वैतेश्वर गाउँपालिकामा ७४७, शैलुङ गाउँपालिकामा ६सय ६३, गौरीशंकर गाउँपालिकामा ६ सय ५३ र मेलुङ गाउँपालिकामा ६ सय ४३ ले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको समन्वयमा दोलखाका नौ स्थानीय तहका १६० केन्द्रमा खोप लगाइएको थियो र लक्ष्यको ९५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाको दाबी छ ।

Shares

Be the first to comment on "८ हजार ४ सय बालबालिकालाई खोप"

Leave a comment

Your email address will not be published.


*