प्रशासकीय भवन निर्माणका लागि जग्गा प्रदान गर्न आह्वान

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा प्रदान गर्न स्थानीयहरुलाई आह्वान गरेको छ । गाउँपालिका केन्द्र तोकिएको वडा नम्बर ३ को मानेडाँडा आसपास प्रशासकीय भवन निर्माणका लागि जग्गा प्रदान गर्न गाउँपालिकाले आह्वान गरेको हो ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि मानेडाँडा आसपासमा एकल वा संयुक्त रुपमा न्यूनतम ७ रोपनी निःशुल्क गाउँपालिकालाई प्रदान गर्न आह्वान गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले जानकारी दिनुभयो । भवन निर्माणका लागि विपद जोखिमका दृष्टीले सुरक्षित, बाटो, विद्युत लागायतका सुविधाको उपलब्धता भएको तथा प्राविधिक दृष्टीले उपयुक्त जग्गा हुनु पर्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "प्रशासकीय भवन निर्माणका लागि जग्गा प्रदान गर्न आह्वान"

Leave a comment

Your email address will not be published.


*