तामाकोसी पाँचौँको विद्युत प्रशारणको लागि २२० केभी प्रशारण लाइन निर्माण गरिने

चरिकोट ः तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले तामाकोसी पाँचौँ जलविद्युत आयोजनाको विद्युत प्रशारणका लागि २२० केभीको प्रसारण लाइन निर्माण गर्नेे भएको छ ।  उत्पादीत विद्युत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइनका टावर नम्बर १७ र १८ मा ‘लुप इन लुप आउट’ गर्ने प्रयोजनका लागि प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको हो । ९९.५ मेगावाटको तामाकोसी ५ जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न २२० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको तामाकोशी पाँचौं जलविद्युत आयोजनाले जानकारी दिएको छ । आयोजनाको स्वीचयार्डदेखि माथिल्लो तामाकोसीको विद्युत् प्रसारण लाइनका टावर नम्बर १७ र १८ सम्म विद्युत पु¥याउन प्रसारण लाईन निर्माण गर्न लागिएको आयोजनाको भनाई रहेको छ । सो प्रशारण लाइन ३ दशमलब ४ किलोमिटर लामो तथा डबल सर्किटको हुने छ । प्रशारण लाइन निर्माणका लागि आयोजनाले विद्युत विकास विभागमा निवेदन दिइसकेको छ । अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माण सुरु हुनेछ । प्रशारण लाईन निर्माण गर्न १८ वटा टावर निर्माण गर्नु पर्ने छ । निर्माण सुरु भएको १८ महिनामा प्रसारण लाईन निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । हाल आयोजनाको स्थलगत संरचना निर्माण सुरु गर्ने तयारी भइरहेको छ । प्रशासनीक भवन निर्माण जारी छ । आयोजनाको सिभिल संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो कर्पोेरेशन लिमिटेडले पाएको छ । पहिलो चरणमा सिभिल र हाइड्रो मेकानिकल र दोस्रो चरणमा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको काम सुरु गर्ने आयोजनाको तयारी छ । आयोजना निर्माण सुरु भएको ४ वर्ष भित्र विद्युत उत्पादन थाल्ने प्रवद्र्धक कम्पनीको लक्ष्य रहेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड आयोजनाको रुपमा रहेको आयोजना हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको टेलरेसबाट निष्किएको पानी बाट विद्युत निकालिने भएकोले यसको लागि बाँध तथा डिस्यान्डर निर्माण गर्नु पर्दैन । आयोजनाको लागत २१ अर्ब ३४ करोड रुपैयाँ अनुमान गरिएको छ ।

Shares

Be the first to comment on "तामाकोसी पाँचौँको विद्युत प्रशारणको लागि २२० केभी प्रशारण लाइन निर्माण गरिने"

Leave a comment

Your email address will not be published.


*