आजबाट रितबहादुर स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै

चरिकोट (दीस) ः दोलखामा प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आज देखी दोलखाको सदरमुकाम चरिकोटमा सुरु हुँदै छ । युवा सञ्जाल दोलखाको आयोजनामा “स्व. रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” सुरु हुन लागेको हो । आज देखी सुरु भएको प्रतियोगिता २५ गते सम्पन्न हुने युवा सञ्जाल दोलखाका अध्यक्ष पुस्कर अधिकारीले जानकरी दिनु भयो । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई रहेको छ । खेलमा बाग्मती प्रदेशका १० जिल्लाका नगरपालिका तथा गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजकहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "आजबाट रितबहादुर स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै"

Leave a comment

Your email address will not be published.


*